खैरहनी

खैरहनी नगरपालिकालाई पाँच थान भ्याक्सिन ओसार्ने बाकस सहयोग

Banner

चितवन, साउन ५-

चितवनको खैरहनी नगरपालिकालाई भ्याक्सिन ओसारपसारमा आवश्यक पर्ने पाँच थान क्यारिएर बाकस सहयोग भएको छ ।

रोटरी क्लब अफ पूर्वी चितवन र रोट्याक्ट क्लब अफ पूर्वी चितवनले खैरहनीलाई सो सहयोग गरेका हुन् ।

क्लबका अध्यक्ष राममणि न्यौपानेले नगरपालिका प्रमुख लालमणि चौधरीलाई ती बाकसहरु हस्तान्तरण गरे । सो अवसरमा नगर प्रमुख चौधरीले सामाजिक संघसंस्था तथा व्यक्तिहरुको सहयोगलेनै जुनसुकै बेला आईपर्ने विपदको सामना गर्न सकिने बताए । ती बाकसहरु कोरोना विरुद्धको खोप ओसारपसारका लागि अहिले आवश्यक छ ।

विभिन्न स्वास्थ्य संस्थाहरुमा खोप पु¥याउन त्यस्ता किसिमको बाकसको अभाव थियो । नगर प्रमुख चौधरीले अरु बेला पनि यस्तै सामाजिक संघसंस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्ने बताए । रोटरी क्लब अफ पूर्वी चितवनका अध्यक्ष राममणि न्यौपानेको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठ,रोटरी क्लब अफ रत्ननगरका पूर्वअध्यक्ष एवम् उद्योग वाणिज्य संघ खैरहनीका तृतीय उपाध्यक्ष शिवराज उप्रेती, रोट्याक्ट क्लब अफ पूर्वी चितवनका सचिव पुजन लामिछानेले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>