प्रवास

नेपाली श्रमिक साउन २५ गतेदेखि साउदी अरब जान पाउने

Banner

काठमाडौं,साउन ५-

साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ । साउदीको यो निर्णयपछि अब साउदीले अनुमति दिएको खोप लगाएर नेपालीहरु पनि त्यहाँ जान पाउने भएका छन् । साउदीले जोन्सन एन्ड जोन्सनसहित अस्ट्राजेनेका खोपलाई अनुमति दिएको छ ।

यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो । साउदी अरेबियामा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरु सङ्क्रमित हुन पुगेका छन् । त्यसैले कैयौं देशबाट यात्रामा प्रतिबन्ध लगाएको साउदी अरेबियाले अहिले भने कोभिडको दुवै खोप लगाएका व्यक्तिलाई साउदी अरेबिया जान पाउने गरी खुला गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>