अर्थ
आज सुनको भाउ बढ्यो, तोलामा कति ?
०

काठमाडौँ, साउन ५-
आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी आज तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आइतबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























