अन्तर्राष्ट्रिय

चीनमा कोरोना महामारीपछि साना व्यवसायिहरु मारमा

Banner

बेइजिङ,साउन २ –

कोभिड १९ महामारीपछि  चीनमा साना व्यवसायिहरु लयमा फर्कन सकेका छैनन् ।

चीनमा साना व्यवसायिहरु कोभिड १९ को प्रभावका कारण सहज परिस्थितिमा फर्कन सकिरहेका छैनन् । कोभिड १९ महामारी पछि चीनमा साना व्यवसायिहरुले मुलुकको अर्थतन्त्रमा योगदान दिन नसकिरहेको अबस्था छ । अमेरिकामा जस्तै चीनमा पनि करोडौँ साना तथा मझौला निजी व्यवसायिहरु सञ्चालित छन् । रेष्टुरेन्ट, पसल जस्ता साना व्यावसायहरु दैनिक अर्थतन्त्र गतिविधिका मेरुदण्ड हुन् ।

चीनमा यस्ता साना व्यावसायहरुले शहरी क्षेत्रमा ८० प्रतिशत रोजगारी सिर्जना गरेका छन् भने चीनको कर राजस्वमा कम्तीमा आधा हिस्सा ओगटेको बताईन्छ । चीनमा कोभिड माहामारी पछि ठुला व्यावसायहरुले छलांग मार्न सके पनि साना व्यावसायहरु भने पुनरुद्धार हुन सकेका छैनन् ।

साना व्यवसायिहरुमा ग्राहकको माग कम, व्यावसाय सञ्चालन खर्च वृद्धि तथा बैंकहरुले थला परेको कम्पनीहरु माथि लगानी गर्न नचाहेको अवस्थाहरुले साना व्यावसाय मारमा परेको वाल स्ट्रिट जर्नलले बिश्लेषण गरेको छ । कोभिड १९ नियन्त्रणमा चुकेको कारण चीनको वुहानबाट यो भाइरस फैलिएको भन्दै चीनले अन्तराष्ट्रिय आलोचनाको सामना गर्दै आएको छ । स्रोत/जस्ट अर्थ न्युज

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>