Breaking News

रहस्यमय बन्यो सुजिता मृत्यु प्रकरणः हत्यारा सार्वजनिक नभएसम्म शव नबुझ्ने आफन्तको अडान

Banner

चितवन, साउन २–

चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको हत्यामा संलग्नहरु सार्वजनिक नभएसम्म शव नबुझ्ने आफन्तले अडान लिएका छन् । अब के गर्ने भन्ने विषयमा परिवारले शुक्रबार नगर प्रमुख, वडाध्यक्षहरु, राजनितिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधी, स्थानीयवासीलाई डाकेर गरिएको छलफलमा सुजिताको शव तत्काल नबुझ्ने अडान लिईएको हो ।

परिवारलेनै छलफल गर्न डाकेकाले धेरैले शंकाको नजरले हेरेका छन् । भण्डारीको घरमै भएको छलफलमा उनका परिवारले सबैको सहमतिमा हुने निर्णय स्वीकार्ने बताए पनि गोप्य सूचना अनुसार उनीहरु सुजिताको शव बुझ्ने मनस्थितीमा पुगेका थिए । तर भोलीका दिनमा पनि यस्ता घटनाहरु दोहोरिन सक्ने भएकाले घटनामा संलग्न सबै सार्वजनिक नगरेसम्म शव नबुझ्ने स्थानीयले अडान लिए ।

नगर प्रमुखसहितको उपस्थितीमा भएको छलफलमा स्थानीयले शव बुझ्ने कुरा इन्कार गरेपछि परिवार पनि त्यसमा सहमत भएका छन् । एकिन भएको छैन् तर श्रोतका अनुसार घटनामा परिवारकै सदस्य भित्र शंका छ । अन्य सदस्यहरु पनि संलग्न हुन सक्ने भन्दै स्थानीयले सत्यतथ्य र त्यसमा संलग्नहरु सार्वजनिक गरेर मात्र शब बुझ्नु पर्ने बताएका थिए । ‘न्यायकै लागि हामी सडकमै उत्रियौं’ स्थानीय युवा संजय श्रेष्ठले भने ‘घटनामा संलग्नहरु सार्वजनिक नभएसम्म शव बुझ्नु हुँदैन, एउटालाई हत्या गर्नेले भोली फेरी अर्कोलाई हत्या नगर्ला भन्न सकिन्न ।’

राप्ती–३ का वडाध्यक्ष राजकुमार उप्रेतीले परिवारले समसामयिक विषयमा छलफल गर्न बोलाएको होला भनेर गएकोमा शव बुझ्ने, नबुझ्ने भन्ने विषय राखेको बताए । छलफलका क्रममा स्थानीयबाट तत्काल शव बुझ्न नहुने भनाई आएपछि सोही अनुसार अघि बढ्ने निष्कर्षमा पुगेका उनले बताए ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालले घटनाका विषयमा प्रहरी प्रशासनले परिवारलाई धेरै कुरा जानकारी गराईसकेको दावी गर्दै घटनाका विषयमा सबै प्रष्ट हुनु पुर्ने बताईन् । घटनाका विषयमा प्रहरीले छानविन गरिरहेको होला, सत्य कुरा छिट्टै आउनेछ’ नगर प्रमुख बरालले भनिन्–‘परिवारले पनि कुरा नलुकाई यथार्थ कुरा बाहिर ल्याउनु पर्छ ।’ नगरपालिकाले एउटा चेली गुमाएको भन्दै नगर प्रमुख बरालले घटनामा संलग्न जोसुकैलाई कारवाही गर्नु पर्ने बताईन् ।

सुजिताकी दिदीलाई अपहरण भएको भन्ने आएको फोन र म्यासेजमा कुरा बाझिएपछि प्रहरीले सुजिताकी दिदी कवितालाई पनि पटक–पटक बोलाएर अनुसन्धान गरेको छ । शुक्रबार भएको छलफलमा दिदी कविताले सबैको सामु घटनामा आफ्नो हात नरहेको बताईन् । श्रोतका अनुसार पक्राउ परेकाले घटनाका बारे कवितालाई पनि थाहा छ भन्ने जस्तो बयान दिएकाले उनी शंकाको घेरामा परेकी हुन् । तर यथार्थता भने बाहिर आईसकेको छैन ।

प्रहरीका एक अधिकारीका अनुसार भिसेराको रिपोर्ट आईनसकेको तर एक साता भित्र सत्यतथ्य सार्वजनिक हुने बताएका छन् । गत असार ११ गते तरकारी लिन जान्छु भनेर निस्किएकी सुजिता २० गते घरभन्दा करिव ४÷५ किलो मिटरको दुरीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा कुहिन लागेको अवस्थामा शव फेला परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>