Breaking News

चितवनमा पहिलो दिन १५ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

Banner

चितवन, साउन २–

चितवनमा शुक्रबारदेखि सुरु भएको खोप अभियान अन्तरगत पहिलो दिन १५ हजार बढीले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका छन् ।

जिल्लाका सात वटै स्थानीय तहमा गरी १५ हजार २३७ जनाले खोप लगाएका हुन् । जसमध्ये ७ हजार ६२८ जना महिला र ७ हजार ६०९ जना पुरुष रहेका छन् ।

पहिलो दिन सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा ८ हजार ५३ जनाले खोप लगाएका छन् । जसमध्ये ४ हजार ११५ जना महिला मात्रै छन् । यस्तै खैरहनी नगरपालिकामा एक हजार ७८८, माडी नगरपालिकामा ७९८, रत्ननगर नगरपालिकामा २ हजार १६३, राप्ती नगरपालिकामा एक हजार २३६, कालिका नगरपालिकामा ९ सय र इच्छाकामना गाउँपालिकामा २ सय ९९ जनाले खोप लगाएका छन् ।

भेरोसेल खोप चीनबाट प्राप्त भएको हो । खोप अभियानको पहिलो दिन खोप लगाउन स्थानीयबासीहरुको उत्साहजनक सहभागिता रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले बतए । उनले तीन दिने यस अभियानमा लक्षित वर्गलाई खोप लगाई सक्ने बताए ।

यसअभियान अन्तरगत चितवनका ५० हजारलाई खोप लगाउने लक्ष्य राखिएको प्रमुख तिवारीले बतए ।

अभियानको दोस्रो दिन विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरुलाई खोप लगाइँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>