Breaking News

चितवनमा पहिलो दिन १५ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

०
Banner

चितवन, साउन २–

चितवनमा शुक्रबारदेखि सुरु भएको खोप अभियान अन्तरगत पहिलो दिन १५ हजार बढीले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका छन् ।

जिल्लाका सात वटै स्थानीय तहमा गरी १५ हजार २३७ जनाले खोप लगाएका हुन् । जसमध्ये ७ हजार ६२८ जना महिला र ७ हजार ६०९ जना पुरुष रहेका छन् ।

पहिलो दिन सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा ८ हजार ५३ जनाले खोप लगाएका छन् । जसमध्ये ४ हजार ११५ जना महिला मात्रै छन् । यस्तै खैरहनी नगरपालिकामा एक हजार ७८८, माडी नगरपालिकामा ७९८, रत्ननगर नगरपालिकामा २ हजार १६३, राप्ती नगरपालिकामा एक हजार २३६, कालिका नगरपालिकामा ९ सय र इच्छाकामना गाउँपालिकामा २ सय ९९ जनाले खोप लगाएका छन् ।

भेरोसेल खोप चीनबाट प्राप्त भएको हो । खोप अभियानको पहिलो दिन खोप लगाउन स्थानीयबासीहरुको उत्साहजनक सहभागिता रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले बतए । उनले तीन दिने यस अभियानमा लक्षित वर्गलाई खोप लगाई सक्ने बताए ।

यसअभियान अन्तरगत चितवनका ५० हजारलाई खोप लगाउने लक्ष्य राखिएको प्रमुख तिवारीले बतए ।

अभियानको दोस्रो दिन विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरुलाई खोप लगाइँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>