देश/प्रदेश
२ हजार ६७६ जनामा देखियो कोरोना सङ्क्रमण, ३३ जनाको मृत्यु
०
काठमाडौं, असार ३१ –
नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ६७६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार २५६ जनाको पिसिआर र चार हजार ५१२ जनाको एन्टिजेन परीक्षण गरिएकामा एक हजार ७८२ र ८९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस अवधिमा देशभर ३३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौ हजार ४६३ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै देशभर एक हजार ७५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेपालमा सङ्क्रमितको निको हुने दर ९४ दशमलव ६ प्रतिशत छ । नेपालमा हालसम्म छ लाख २६ हजार ४६८ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























