Breaking News

प्रचण्ड, नेपाल र विप्लवबीच भेटवार्ता, पूर्वमाओवादी घटकहरूबीच एकताको प्रस्ताव

Banner

काठमाडौं, असार ३१ –

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वस्थित उनकै निवास पुगेका छन् ।

बिहिबार विप्लवले प्रचण्डलाई खुमलटार पुगेर भेटेका थिए । प्रचण्डका निजी सचिवालयका अनुसार नेपाललाई भेट्न भने प्रचण्ड र विप्लव सँगसँगै पुगेका हुन् । साथमा नेता धर्मेन्द्र वास्तोला पनि छन् । सुरूमा नेपाल र विप्लवबीच कुराकानी भएको थियो। त्यसपछि उक्त छलफलमा प्रचण्ड पनि मिसिएका थिए।

प्रचण्डसँगको भेटमा विप्लवले पूर्वमाओवादी घटकहरूबीच एकताको प्रस्ताव गरेका थिए । प्रचण्ड सम्पूर्ण कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने पक्षमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>