प्रवास

अमेरिकामा एक नेपालीद्वारा अर्को नेपालीको गोली हानी हत्या

Banner

अमेरिका,असार ३१-

अमेरिकाको न्यूजजर्सीस्थित मावा भन्ने शहरमा एक नेपालीले अर्का नेपालीलाई गोली हानी हत्या गरेका छन् । गत सोमबार राति ९ः४४ मा अमेरिकाको न्यूजर्सीको एक इन्धन चौकी (ग्यास स्टेसन) तथा सुलभ पसलमा काम गर्ने २३ वर्षिय मिलन घिमिरेले ५६ वर्षिय फू छेवाङ्गलाई गोली हानी हत्या गरेका हुन् । गोली प्रहार गरेपछि घिमिरेले आफै प्रहरीलाई खबर गरेका थिए । घिमिरे र छेवाङ्ग संगै काम गर्ने सहकर्मी हुन् । प्रहरीका अनुसार घिमिरेले कैयौँ पटक गोली प्रहार गरेका थिए ।

छेवाङ्गको शव घटनास्थलमै फेला परेको थियो । घिमिरेलाई न्यूयोर्कको ब्रनक्समा न्यूयोर्क प्रहरी बिभागको आकस्मिक सेवा ईकाईले पक्राउ गरेको छ । घिमिरेलाई हत्या गरेको आरोपमा प्रथम श्रेणीको हत्या, गैरकानुनी रुपमा बन्दुक प्रयोग गरेको आरोपमा दोश्रो श्रेणी , अनुमतिबिना बन्दुक राखेकोमा दोश्रो दर्जाको आरोप लगाईएको उजुरीमा लेखिएको छ । मावा प्रहरी बिभाग र बर्गन काउन्टीका वादीका कार्यालयले गोली काण्डबारे थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>