Breaking News
प्रधानमन्त्रीको सपथ ग्रहण अन्यौलमा, राष्ट्रपतिले धारा नसच्याएसम्म सपथ नलिने देउवाको अडान

काठमाडौँ, असार २९–
सर्वोच्च अदालतले आज (मंगलबार) साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको थियो । सोही अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरिन् । तर उनको नियुक्ती सुरुमै विवादित बनेको छ ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा संविधानको कुनै धारा बिना नै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि देउवाले सपथ ग्रहण नै अस्विकार गरेका छन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् । उनले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएका छन् ।
आफूले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेको र सर्वोच्च अदालतले त्यसै धारा अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको भन्दै राष्ट्रपतिलाई नियुक्ति सच्याउन आग्रह गरेका छन् । राष्ट्रपति भण्डारीले भने सर्वोच्च अदालतको फैसला अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्ती जारी गरेकी थिइन् ।