Breaking News

नेपालमा थप २ हजार ३९८ जना संक्रमित थपिए, १२ जनाको मृत्यु

Banner

काठमाडौँ,असार २९–

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १२ जनामा गरीएको परीक्षणमा पीसीआर विधिबाट १ हजार ६३९ जना संक्रमित र एन्टिजेन विधिबाट ७५९ जना गरी २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज मंगलबार २ हजार ७८ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ६ लाख २३ हजार १०५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट ९ हजार ४१२ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>