चितवन विशेष

रुपा सुनार प्रकरण: चितवनको नेवार समुदायद्वारा आफूहरुमाथिको आक्रमण सह्य नहुने चेतावनी

Banner

चितवन, असार २९-

नेवाः समाज भरतपुर चितवनले नेवाः समुदायमाथिको आक्रमण सह्य नहुने भन्दै विभिन्न घटनाका विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौंमा दलित भएको कारण रुपा सुनारलाई डेरा दिन अस्वीकार गरेको र हेपेको भन्ने आरोप लगाई सरस्वती प्रधानलाई हिरासतमा लिएको विषयमा विरोध जनाएको हो  ।

त्यस्तै चितवनमा राजकुमार श्रेष्ठलाई हिरासतमा लिएको, सर्लाहीमा सूर्यकुमार श्रेष्ठको हत्या गरेको विषयमा उचित छानबिनको माग गरेको छ । नेवाः समुदायमाथिको आक्रमण सह्य नहुने भन्दै यस्ता घटनाका विषयमा एकजुट भई लड्ने अठोट गरेको छ । सो विषयमा चितवनमा छलफल समेत गरेको छ । कार्यक्रममा सहभागीले सशक्त रुपमा आवाज उठाउनुपर्नेमा जोड दिएका छन् । नेवाः समाज भरतपुर चितवनका वरिष्ठ उपाध्यक्ष बद्रीमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवाः देय दबुका केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारी प्रमुख अतिथि रहेका थिए ।
निरञ्जन हाडाले सहजीकरण गरेको कार्यक्रममा चितवनमा रहेका नेवाः देय दवुसँग आबद्व नगर कमिटीहरू २४ घटकको संयुक्त प्रेस विज्ञप्ति जारी समेत गरिएकोे थियो । उक्त अवसरमा केही वक्ताहरूले बिदेशीहरूले चलखेल गरी नेपालमा जातीय द्वन्द्व सृजनागरी देशमा अस्थिरता निम्ताउन खोजेको र हाम्रो जस्तो गरिब मुलुकबाट फाइदा लिन खोजेको भन्दै यस्ता गतिबिधिबाट सबै नागरिकहरू सचेत हुनु पर्ने भनी चिन्ता ब्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>