चितवन विशेष

चितवनको नारायणी कला मन्दिरमा भानु जयन्ती

Banner

चितवन, असार २९-

नारायणगढको नारायणी कला मन्दिरले आज २०८ औं भानु जयन्ती मनाएको छ ।

कविता वाचन र गीत गायनसहित वृक्षरोपण गर्दै सो कार्यक्रम मनाइएको हो ।

कार्यक्रममा कार्यसमिति सदस्य सरला जोशी र पूर्वअध्यक्ष एवम् सल्लाहकार गायत्री श्रेष्ठले आदिकवि भानुभक्त आचार्यको सम्झनामा कविता वाचन गरेका थिए । संस्थाका सचिव अनुकूल श्रेष्ठद्वारा सञ्चालित कार्यक्रममा भानुको संक्षिप्त परिचय सहित संस्थाका निवर्तमान अध्यक्ष अमरदेव प्रधानले स्वागत मन्तव्य राखेका थिए ।

सोही अवसरमा सस्थाका पूर्वअध्यक्ष दीपक प्रधानको शब्द तथा अर्का पूर्वअध्यक्ष सहन प्रधानको स्वर तथा संगीतमा तयार भएको असारे गीतको सांगीतिक भिडियोको प्रमुख अतिथि उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले विमोचन गरेका थिए । उक्त असारे गीतको बारेमा प्रकाश पार्दै गायक तथा संगीतकार सहन प्रधानले नेपाल कृषि प्रधान देश भएको र हरेक असार महिनामा गरिने रोपाइको सन्दर्भमा यो गीतको सिर्जना भएको र आज नै उक्त गीतलाई फेसबुक तथा युट्युबबाट समेत प्रसारण गर्ने बताए ।

कलामन्दिर परिसरभित्र वृक्षरोपण गरी कार्यक्रमको समापन गरिएको संस्थाका अध्यक्ष उद्धव जोशीले बताए । जोशीको अध्यक्षतामा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष तथा नारायणी कला मन्दिरका पूर्वअध्यक्ष एवम् सल्लाहकार राजु श्रेष्ठको प्रमुख आतिथ्यतामा २०८औ भानु जयन्ती कार्यक्रम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>