देश/प्रदेश

जोन्सन एण्ड जोन्सन कोभिड–१९ विरुद्धको खोप साउन ४ गतेदेखि लगाइँदै

Banner

काठमाडौं,असार २९-

अमेरिकाबाट सोमबार नेपालले प्राप्त गरेको जोन्सन एन्ड जोन्सनको कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ ।
कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक जोड मात्रै दिइने जोन्सन एन्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले पाउने छन् । यसैगरी उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आजदेखि काठमाडौँमा चीनबाट ल्याइएको भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरिसकिएको छ । ५५ वर्षदेखि माथिका नागकिर, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र छुटेका अत्यावश्यक सेवामा कार्यरत कर्मचारी, खोप अनिवार्य गरिएका नागरिकलाई लगाइनेछ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले काठमाडौँका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप दिने निर्णय गरेको छ ।

 

विज्ञप्ति :-

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>