Breaking News

दुई छोरीसहित श्रीमती जलाउन खोज्ने फरार अभियुक्त ६ वर्षपछि चितवनबाट पक्राउ

Banner

सन्धिखर्क, असार २८-

आगलागीबाट ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय पाएका फरार अभियुक्त ६ वर्षपछि चितवनबाट पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले उनलाई गत शुक्रबार अर्थात् असार २५ गते पक्राउ गरेको हो ।
भरतपुर महानगरपालिका वडा नं. ११ अमनचोकमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा ल्याएको प्रहरी नायव उपरीक्षक अम्मर थापाले बताए ।

अहिले उनलाई अर्घाखाँची जिल्ला अदालतको आदेश कैद भुक्तान गर्न लागि जिल्ला कारागार अर्घाखाँची चलान गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

घटना आज भन्दा ६ वर्ष अघि अर्थात् २०७२ साल कात्तिक ६ गतेको हो । भूमिकास्थान नगरपालिका ३ निवासी तुलबहादुर बन्जाडेले अत्यधिक मदिरा सेवन गरी मात्तिएर घरमा आगो लगाइ छोरी र श्रीमतीलाई जलाउने प्रयास गरेका थिए ।

घटना लगत्तै भूमिकास्थान नगरपालिका ३ निवासी तुलबहादुर बन्जाडेलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । केही दिनपछि धरौटीमा छुटेका तुलबहादुर जिल्ला अदालत अर्घाखाँचीले २०७३ साल वैशाख ७ गते ३ वर्ष १० महिना २८ दिन जेल सजायको फैसला सनाएको थियो । त्यसपछि उनी फरार थिए ।

साँझ ५ बजेतिर अत्यधिक मदिरा सेवन गरी घरमा आएका बन्जाडेले घरमा रहेकी श्रीमतीसँग भनाभन भएपछि छोरीसहित घरमा रहेकी श्रीमतीलाई मार्न भनी राति आफ्नै घरमा आगो लगाएका थिए ।

फोटो: प्रेमनारायण आचार्य, अन्नपूर्ण

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>