Breaking News

नेपालमा थप २३७० जना संक्रमित थपिए, १८ जनाको मृत्यु

Banner

काठमाडौँ,असार २८–

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय ८४ जनामा गरीएको परीक्षणमा पीसीआर विधिबाट १६९० जना संक्रमित र एन्टिजेन विधिबाट ६८० जना गरी २३७० जनामा संक्रमण पुष्टि भएको हो ।

कुन प्रदेशमा कति  संक्रमित थपिए ?

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा  प्रदेश १ मा ४४७, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ७१८ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २८६, लुम्बिनीमा १५५, कर्णालीमा १२ र सुदूरपश्चिम प्रदेशमा २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

आज सोमबार १ हजार १३३ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ६ लाख २१ हजार २७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट ९ हजार ४०० जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>