कालिका

राष्ट्रिय युवा संघले गर्‍यो चितवनको कालिकामा वृक्षरोपण

Banner

चितवन, असार २७-

राष्ट्रिय युवा संघ नेपाल कालिका नगर कमिटी चितवनले कालिकाको उदयपुर सामुदायिक वन क्षेत्रको बाढी प्रभावित क्षेत्रमा वृक्षरोपण गरेको छ ।

बाढी प्रभावित दुई हेक्टर क्षेत्रफलमा सिसौं, खयर, एबोगार्डलगायतका ७०० सय विरुवा युवासंघले रोपेको हो ।

त्यसैगरी रााष्ट्रिय युवा संघ नेपालले कालिका नगरपालिकामा सम्पर्क कार्यालय स्थापना गरेको छ । कालिका नगरपालिकाको वडा नं ७ मा स्थापना गरिएको सम्पर्क कार्यालयको नेकपा एमाले चितवनका सचिव प्रकाश खनाल–शैलेसले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा जिल्ला सचिव खनालले नेकपा एमाले भित्र रहेका युवाहरु देश विकासको एउटा आधार रहेको बताए । उनले सबै युवा सदस्य नविकरण गर्ने अभियानमा जोडिन आग्रह गरे । ‘देशव्यापी रुपमा सदस्यहरुको नविकरण गर्ने अभियान छ’ उनले भने, ‘सबै युवाहरु जोडिएर आफूलाई पार्टीकरण गर्ने महाअभियान आजैदेखि थाल्नुपर्छ ।’

कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, युवा संघ कालिकाका इन्चार्ज हिक्मत पुरीलगायतले बोलेका थिए । वृक्षरोपण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव प्रताव डल्लकोटीले प्रशिक्षणको पाटोमा युवाहरुको बेग्लै योगदान रहेको बताए । कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल कालिकाका अध्यक्ष पूर्ण महतोको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>