चितवन विशेष

देवघाटको भुजेल बस्तीमा बालविकास केन्द्रको शिलान्यास

Banner

चितवन, असार २६-

देवघाट गाउँपालिका–५ साउनेको भुजेल बस्तीमा बालबाविकास केन्द्रको शिलान्यास गरिएको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले आज सो केन्द्रको शिलान्यास गरेका हुन् । रोटरी क्लब अफ नारायणगढको सहयोग र गाउँपालिकाको सहकार्यमा सो केन्द्र बन्न लागेको अध्यक्ष थापाले नारायणी अनलाइनलाई बताए ।

१० लाख रुपैयाँको लागतमा बन्ने सो केन्द्र पुरानो भवनलाई भत्काएर नयाँ बनाउन लागिएको छ । यस भवनको गेट र तारबारको काम भने गाउँपालिका आफैले बनाउँदै छ । केन्द्रमा भुजले समूहका १५ बालबालिका अध्ययन गर्छन् ।

त्यसैगरी रोटरी क्लबको ग्लोबल ग्रयाण्डअन्तर्गत सोही ठाउँमा आज सिँचाइ र खानेपानीको वृहत सर्वेक्षण पनि भएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>