कालिका

कालिका नगरपालिकामा तीन महिने हस्तकला तालिम सकियो

Banner

चितवन, वैशाख २६-

कालिका नगरपालिकामा सञ्चालित तीन महिने हस्तकला तालिम सकिएको छ ।

बीएम हस्तकला प्रशिक्षण केन्द्रको आयोजना तथा कालिका नगरपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोष, (जैविक विविधता संरक्षण कोष (हरियो वन) को सहयोगमा सो तालिम सञ्चालन भएको हो ।

कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल (अविनाश)ले विगतका वर्षदेखि बीएम हस्तकला प्रशिक्षण केन्द्रले महिलालाई आयआर्जन गर्ने कार्यमा निरन्तरता तालिम दिँदै आएको र तालिममा सहभागी महिलाले तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले बिचौलियाका कारण महिलाहरुले उत्पादन गरेका वस्तुको आकर्षक बजार मूल्य प्राप्त नहुने हुँदा उत्पादन भएका वस्तुहरुलाई उचित बजारीकरण गर्नुपर्ने बताए । त्यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा.बाबुराम लामिछानेले महिलाहरुको सिप विकास र आयआर्जन हुने खालका गतिविधिहरुमा विगतका वर्षहरुदेखि नै केन्द्रलाई सहयोग हुँदै आएको र आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कालिका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ, राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वकार्यालय प्रमुख रामकुमार अर्याल, बीएम हस्तकला प्रशिक्षण केन्द्रकी सल्लाहकार सविता लामाले तालिम समापनको शुभकामना दिएका थिए । केन्द्रकी उपाध्यक्ष सुनमाया बलले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहभागीको तर्फबाट मरियम तामाङले तालिममा सिकेका सिपका बारेमा आफ्नो धारणा राखेका थिए । तीन महिनासम्म सञ्चालित तालिममा १३ जनाको सहभागिता रहेको थियो । बीएम हस्तकला प्रशिक्षण केन्द्रकी अध्यक्ष बुद्धिमाया घलेको अध्यक्षतामा सो कार्यक्रम भएको थियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>