Breaking News

४० घण्टा लगाएर हटाइयो नारायणगढ–मुग्लिन सडकमा खसेको अजंगको ढुंगा

Banner

चितवन, असार २६-

नारायणगढ–मुग्लिन सडकको १४ किलोमा खसेको अजंगको ढुंगा ४० घण्टा लगाएर शुक्रबार हटाइएको छ ।

ब्रेकरले हानेर ढुंगा फोरिएपछि बाँकी भाग नदीमा फालेर ढुंगा हटाइएको हो । यो सडक खण्डमा खसेको ठूलो ढुंगो शुक्रबार साँझ पूर्णरुपमा हटाइएको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ एक हप्ताअघि खसेको ढुंगालाई ब्रेकरले हानेर ४० घण्टा लगाएर फोरेर हटाउन सफल भएका छौं । ६० प्रतिशत फुटाएपछि ढुंगालाई धकेलेर नदीमा खसालेका छौं ।’

नारायणगढदेखि १४ किलोमिटर पर असार १७ गते बिहीबार साँझ निकै नै ठूलो ढुंगोसहित पहिरो खसेको थियो । त्यसैगरी, भोलिपल्ट नारायणगढदेखि २० किलो मिटर पर भोर्ले नजिक सेती दोभानमा ठूलो पहिरो खसेपछि यो सडक हुँदै सवारीसाधन सञ्चालन ठप्प जस्तै भएको थियो । १४ किलोको पहिरो सफा भए पनि ठूलो ढुंगा हटाउन निकै सकस भएको थियो । अहिले ढुंगासहित सबै पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>