Breaking News

चितवनका किसानलाई क्यान्सरको जोखिम बढी, कृषि फर्ममा पुगेर विषादीबारे सचेतना गराइँदै

Banner

चितवन, असार २६ –

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवनले किसानको कृषि फर्ममा नै पुगेर रासायनिक विषादीको सुरक्षित प्रयोगसम्बन्धी तालिम तथा प्रदर्शनी गरेको छ ।

तरकारी बढी खेती हुने भरतपुर महानरपालिका वडा नम्बर २४ र २५का किसानलाई शुक्रबार रासायनिक विषादीको सुरक्षित प्रयोगसम्बन्धी तालिम प्रदान गरिएको हो ।

तरकारीमा रासायनिक विषादीको बढी प्रयोग हुने भएकाले सुरक्षित तवरबाट प्रयोग गर्न तरकारी फर्ममा नै पुगेर तालिम प्रदान गरिएको कार्यालयका प्रमुख मेघनाथ तिमिल्सिनाले बताए ।

भरतपुर महानगरपालिका–२५मा रहेको युवा आधुनिक सामूहिक खेती फर्म र भरतपुर २४ मा रहेको विपन्न कृषकका लागि आयआर्जन कृषि फर्मका किसानलाई विषादी प्रयोग सम्बन्धी तालिम प्रदान गरिएको हो । सो कार्यक्रममा तिमिल्सिनाले बिषादी छर्ने व्यक्तिलाई क्यान्सर रोग हुने सम्भावना बढी हुने भएकाले सावधानीपूर्वक विषादीको प्रयोग गर्न आग्रह गरे । ‘बिषादीको सबैभन्दा बढी असर छर्ने व्यक्तिलाई हुन्छ । उसले सावधानी अपनाउन सकेन भने क्यान्सर रोग समेत हुन्छ ।’ तिमिल्सिनाले भने, ‘पहिला छर्ने व्यक्ति सुरक्षित हुनुप¥यो ।’ अहिले किसानले बढी मात्रामा बिषादीको प्रयोग गर्ने गरेको भन्दै उनले यसको न्यूनीकरण गर्नुपर्ने बताए ।

किसानलाई प्रशिक्षण दिँदै कृषि अधिकृत माधव पौडेलले विषादी प्रयोग गर्दा अनिवार्य सुरक्षित एप्रोनको प्रयोग गर्नुपर्ने बताए । ‘तरकारीमा प्रयोग भएको विषादी सबैको भान्सामा पुग्छ । त्यसले सबैको स्वास्थ्यमा हानी पु¥याउँछ,’उनले भने, ‘त्यसभन्दा पहिले बिषादी छर्ने समयमा सुरक्षित हुन सकेनौँ भने छर्ने व्यक्तिको स्वास्थ्यमा असर गर्छ ।’ उनले विषादी छर्दा छरेको ठाउँमा नटेक्ने गरी उल्टो तरिकाले छर्नुपर्ने बताए ।

कार्यक्रममा भरतपर महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष कान्छा मल्लले तरकारीमा विषादी छर्दा प्राविधिकको सल्लाह लिएर प्रयोग गर्नु अनुरोध गरेका छन् । उनले विषादी हाल्दा हाल्दै तरकारी नबेच्न समेत किसानलाई आग्रह गरे । साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई विषादी छर्दा प्रयोग हुने एप्रोन सेट वितरण गरेको छ । युवा आधुनिक सामुहिक खेती फर्मलाई ९ सेट र विपन्न कृषकका लागि आयआर्जन कृषि फर्मलाई तीन सेट एप्रोन वितरण गरिएको कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए । किसानको स्वास्थ्यलाई ख्याल राखी विषादी सम्बन्धी सचेतना जगाउँदै कार्यालयले एप्रोन वितरण गरेको उनले बताए । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हरेक वर्षको तथ्यांक हेर्दा चितवनमा सबैभन्दा धेरै क्यान्सर रोगबाट पीडित हुनेमा किसानहरु नै बढी देखिन्छ । विषादीको प्रयोगमा सावधानी नअपनाउँदा किसान र उपभोक्ता दुवैमा क्यान्सर रोगको जोखिम बढी रहेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>