Breaking News

नेपालमा थप २२३९ जना संक्रमित थपिए, २० जनाको मृत्यु

Banner

काठमाडौँ,असार २५ –

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३१३ जनामा गरीएको परीक्षणमा पीसीआर विधिबाट १४७९ जना संक्रमित र एन्टिजेन विधिबाट ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ३१६ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ६ लाख १६ हजार ९२९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाटमुक्त हुनेको दर ९४.५ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट ९ हजार ३४० जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>