मकवानपुर

हेटौँडा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध

Banner

वाग्मती,असार २५ –

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको छ । हेटौँडा उपमहानगरपालिका र रोटरी क्लब अफ मकवानपुरको सहकार्यमा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको हो ।

ती तीन वटा मेसिन खरीद गर्न उपमहानगरपालिकाले रु १६ लाख ५० हजार सहयोग गरेको र बाँकी रकम रोटरीले उपलब्ध गराएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । हेटौँडा अस्पतालमा पछिल्लो पटक सेवा विस्तारसँगै मिर्गौलाको समस्यासम्बन्धी बिरामीलाई डायलासिस गराउन अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ ।

उपमहानगरपालिकाको सहयोगमा यस अस्पतालमा मिर्गौलाको समस्यासम्बन्धी बिरामीको डायलासिस हुँदै आएको छ । वाग्मती प्रदेश सरकार मातहत रहेको यस अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालन हँदै आएको छ । अस्पतालले पछिल्लोपटक सेवा विस्तार गरी जटिल प्रकृतिका विभिन्न शल्यक्रियासमेत शुरु गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>