Breaking News
चितवनमा थपिए १०७ संक्रमित, सक्रिय संक्रमितको संख्या १३७८ पुग्यो
०
चितवन, असार २५
चितवनमा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार ४८९ जनाको परीक्षण गर्दा १०७ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या १३७८ पुगेको छ । हालसम्म चितवनमा १७२०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित निको भएका छन् । हालसम्म चितवनमा १५ हजार ५३७ जनाले कोरोनालाई जितेर निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट बसैको पनि मृत्यु भएको छैन । हालसम्म चितवनमा २९१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























