Breaking News

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी संचालनमा

Banner

चितवन,असार २५-

गयरातीदेखि अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा संचालनमा आएको छ । भरतपुर महानगरपालिका २९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि अबरुद्ध बनेको सडक बिहान ५ः३० बजेदेखि संचालनमा आएको हो । सो ठाँउमा दर्जनौपटक पहिरो खसेर सडक अबरुद्ध भएको छ । पहिरोमै पानीको मुल फुटेका कारण निरन्तर लेदो बगिरहेको छ भने ढुङ्गा खस्ने अवस्थामा रहेकाले जोखिम कायमै छ ।

निरन्तरको झरीले १० दिनदेखि सडकखण्डमा पहिरो खस्ने क्रम चलिरहेको छ । हिजो दिनभर पहिरो पन्छाउँदै सवारीसाधनलाई एकतर्फी खोलेर गन्तव्यमा पठाइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>