चितवन विशेष

भरतपुरमा असार ३० गतेसम्म विद्युत् महसुल बुझाए जरिवाना नलाग्ने

Banner

चितवन, असार २४-

विद्युत् प्राधिकरण भरतपुरले लकडाउनको अवधिदेखि असार ३० गतेसम्म विधुत् महसुल भुक्तानीमा जरिवाना नलाग्ने जनाएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै विद्युत् प्राधिकरण भरतपुर बितरण केन्द्रबाट ग्राहकले लकडाउन अवधि २०७८ वैशाख १७ गतेदेखि असार ३० गतेसम्म विद्युत् महसुलमा जरिवाना नलाग्ने जनाएको हो ।

सूचनामा भनिएको छ, ‘ लकडाउन अवधिमा छुटसमेत दिई आएकोमा अब उप्रान्त सार्वजनिक यातायात सञ्चालन भएको दिनबाट सात दिनभित्र मात्र उक्त सुविधा पाउने गरी निर्णय भएकोमा अब चितवन प्रशासनबाट भोलि शुक्रबारबाट सार्वजनिक यातायात सञ्चालन गर्न पाउने आदेश भएको हुनाले अर्को सूचना आएको अवस्था बाहेक आगामी बुधबार (असार ३० गते) सम्म मात्र उक्त सुविधा पाउने छन् ।’ यस अवधिमा जरिवाना नलाग्ने हुनाले आफ्नो विधुत् महसुल बुझाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>