Breaking News

नारायणगढको पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

Banner

चितवन,असार २४-

नारायणगढको पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नवलपुरको गैडाकोटबाट भरतपुरको चोविसकोठी तर्फ आउँदै गरेको ना ५ ख ५८१६ नम्वरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ५९ प ३४०४ नम्बरको स्कुटरलाई दिउसो १ः ४५ बजे ठक्कर दिँदा स्कुटर पछाडि सवार भरतपुर महानगरपालिका १५ मंगलपुर निवासी ३० बर्षिय विष्णु दवाडीको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट घाइते उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो २ः२५ बजे मृत्यु भएको हो । स्कुटर चालक सोही ठाँउकी जस्मिन न्यौपाने घाइते भएकी छन । उनको उपचार भइरहेको छ । ट्रक र ट्रकका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>