Breaking News
चितवनमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु, १३५ संक्रमित थपिए, ७६ जना आईसीयूमा

चितवन, असार २३-
चितवनमा आज कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांकअनुसार मृतक दुई जनामध्ये एक जना चितवनका र एक जना चितवन बाहिरका रहेका छन् । मृतकहरुमा भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो ।
चितवनका विभिन्न अस्पतालमा २३० जना बिरामीको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ७६ जना, भेन्टिलेटरमा १७ जना, एचडीयूमा ४४ जना र जेनरल बेडमा ११० जना रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालहरुबाट २४ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै चितवनमा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ७० जना, खैरहनीमा १९ जना, माडी नगरपालिकामा २० जना, रत्ननगरमा १० जना, राप्ती नगरपालिकामा १० जना, कालिका नगरपालिकामा ४ जना, इच्छाकामनामा २ जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ३०१ जना रहेका छन् । जसमा घरमा आइसोलेसनमा एक हजार १५६ जना, अस्पतालको आइसोलेसनमा १०७ जना र सार्वजनिक आइसोलेसनमा ३८ जना रहेका छन् ।
























