अर्थ

राहत र खोप उपलब्ध गराउन उद्योग बाणिज्य संघको माग

०
Banner

चितवन, असार २३
उद्योग बाणिज्य संघ खैरहनीले बाढीका कारण पीडित भएका व्यवसायीहरुलाई राहत उपलव्ध गराउनु पर्ने भन्दै स्थानीय सरकार खैरहनी नगरपालिका समक्ष माग गरेको छ ।

हालै गएको बाढीले खैरहनीको नयाँ पर्सा र पूरानो पर्सा समेत डुबाएको थियो । डुबानमा पर्दा पसलहरुमा क्षति भएको भन्दै संघले राहत उपलव्ध गराउन नगरपालिका समक्ष माग गरेको हो ।

संघका अध्यक्ष दिपेन श्रेष्ठको नेतृत्वमा गएको टोलीले नगर प्रमुख लालमणि चौधरीलाई मागपत्र पेश गरेका थिए । बजार क्षेत्रका ६३ जना व्यवसायीहरुको व्यवसायमा असर पुगेको संघका प्रथम उपाध्यक्ष कुमार खनालले बताए ।

त्यस्तै संघले उद्योगी व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप उपलव्ध गराउन समेत माग गरेको छ । कोरोनाको असर कायमै रहेका बेला आफ्नो उद्योग व्यवसाय सहज रुपमा संचालन गर्ने अवस्था नरहेको भन्दै संघले संघमा आवद्ध व्यवसायीहरुलाई खोप लगाउने व्यवस्था मिलाउनु पर्ने माग गरेको हो ।

जवाफमा नगर प्रमुख लालमणि चौधरीले संघीय सरकारले उमेर समुह तोकेर निश्चित खोप पठाउने भए पनि आगामी दिनमा आउने खोपमा व्यवसायीलाई समेत समेट्न पहल गर्ने बताए ।

माग पत्र र ध्यानाकर्षण पत्र बुझाउन संघका अध्यक्ष श्रेष्ठको नेतृत्वमा प्रथम उपाध्यक्ष कुमार खनाल, द्धित्तीय उपाध्यक्ष जगतबहादुर पाण्डे, तृत्तीय उपाध्यक्ष शिव प्रसाद उप्रेती, महासचिव केदार बर्तौला, सदस्य अर्जुन लम्साल नगरपालिका पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>