Breaking News
चितवनमा इन्सेकले गर्यो मिडियासंग साझेदारी बैठक, मानव अधिकारका विषयमा संवेदनशिल हुन आग्रह
चितवन, असार २३ –
पूर्वी चितवनमा औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पूर्वी चितवनमा मिडियासंग साझेदारी बैठक गरेको छ । इन्सेकले मंगलबार चितवनको दुई नगरपालिकामा मिडियासंग साझेदारी बैठक गरेको हो । बाग्मती प्रदेशको इन्सेकको आयोजनामा राप्ती नगरपालिका र खैरहनी नगरपालिकामा कार्यक्रम गरिएको थियो ।
इन्सेकले मानव अधिकार सम्बन्धि कामहरु गर्दै आएको छ । इन्सेकले ५ वटा जिल्लाको १० नगरपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम संचालन गर्ने भएको छ । मंगबार इन्सेकले स्थलगत भ्रमण गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायत मानव अधिकारमा सवालमा पालिकाहरुले गरेको कार्यहरुको अनुगमन गरेको थियो । कार्यक्रममा बोल्दै चितवन जिल्लाको उत्कृष्ट नगरपालिका बन्न सफल भएको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले शिक्षाको बारेमा जानकारी दिएका थिए ।
चौधरीले नगरपालिकामा अन्य पालिकाको भन्दा धेरै विकासका कामहरु भएको बताए । उनले पालिकामा सबै कर्मचारीले कार्यविभाजनमा ध्यान दिएको र एकअर्काको काममा सम्मान, कहिल्यै पनि हस्ताक्षेप नगरेको बताएका छन् । पालिकामा महिला हिंसामा परेका महिलाहरुलाई राख्न पुनस्थापना भवन पनि निर्माण गरिएको छ । चौधरीका अनुसार खैरहनीमा सबै काममा राम्रोसंग विकास हुँदै गएको छ । शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि सबै राम्रो विकास भएको उनले बताए ।
त्यसैगरी बाग्मती प्रदेशको इन्सेकको संयोजक कृष्ण गिरीले मिडियाले पिडित पक्षको न्यायको लागि कलम चलाउनुपर्ने बताए । उनले मानव अधिकारको क्षेत्रमा मिडियाहरु कत्तिको संवेदनशिल छ भनेर पनि चितवनका पत्रकारहरु संग अन्तरक्रिया गरेका थिए । इन्सेकले सँधै न्यायको लागि खडा हुने बताए । इन्सेकले मानव अधिकार समुह गठन गरी चार जिल्लामा कार्यक्रम गर्दै आएको जानकारी दिए । उनले पछिल्लो समय पत्रकारहरुको लागि युवटुब चुनौती बनेको बताए ।
इन्सेकले चितवनको राप्ती नगरपालिकामा मृत अवस्थामा फेला परेकी सुजिता भण्डारीको न्यायको लागि स्थानिय सरोकारहरुसंग छलफल गरेका थिए । चितवन जिल्ला प्रतिनिधि दिपेन्द अधिकारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा बालकल्याण बागमती प्रदेशको अध्यक्ष प्रकाश खतिवडाले बालबालिकाको बारेमा बताएका थिए । उनले प्रदेशमा बालबालिकाको क्षेत्रमा काम गर्दा पर्ने समस्याबारे बताएका हुन् । कार्यक्रममा मकवानपुर र चितवनका पत्रकारहरुको उपस्थित रहेको छ ।