Breaking News

नारायणगढ–मुग्लिन सडकः हेर्दा हेर्दै स्कार्पियोमाथि खस्यो ठूलो ढुंगा (भिडियोसहित)

Banner

चितवन, असार २२–

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ सेती दोभानमा ढुंगासहितको पहिरोले स्कार्पियो पुरिएको छ ।

आज (मंगलबार) अपरान्ह ५ बजेको समयमा मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको हरियो नम्बर प्लेटको स्कार्पियो पहिरोले पुरिएको हो । केही पहिरो पन्छाएर एकतर्फी सवारी चलाई रहेको बेला माथिबाट खसेको पहिरोले स्कार्पियोको अगाडिको भागमा पूर्ण रुपमा क्षति भएको छ । घटनामा गाडीमा सवार एक जना घाइते भएका छन् भने चालक सकुशल छन् ।

चालक ढोकाबाट निस्किएर बाच्न सफल भएका छन् । घटनामा चितवनको केराबारीबाट बुटवल जाँदै गरेका हरि राना घाइते भएका छन् । उनको हातमा चोट लागेको छ । उनको अहिले भरतपुरमा उपचार भइरहेको छ । गयरातिदेखी अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्डमा दिउँसोदेखि एकतर्फी संचालन गर्ने कोशिस गरिएपनि पहिरोले प्रभावित पार्दै आएको थियो ।

पहिरो झरिरहेकै क्रममा सवारी साधनहरु वारपार गरिरहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>