Breaking News

भरतपुरकी मेयर रेनु भन्छिन्ः सुजिता प्रकरणको दोषीलाई कडाभन्दा कडा कारबाही होस्

Banner

चितवन, असार २२-

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सुजिता भण्डारीको अपहरण गरी हत्या गर्ने दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै मेयर दाहालले राप्ती नगरपालिका–३ की २३ वर्षीय सुजिता भण्डारीको केही दिन अघि अपहरण गरी हत्या गरिएको खवरले अत्यन्त स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेकी छन् । उनले भनेकी छन् , ‘महिलाहरू माथि हुने यस प्रकारका दर्दनाक अपराधिक घटनाको जति नै निन्दा एवम भत्सर्ना गर्दा पनि कमै हुन्छ । उक्त घटनामा संलग्न अपराधिको खोजी कार्यमा कत्ति पनि ढिलासुस्ती नगरीकन दोषी पत्ता लगाई दोषी उपर कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित पक्षको गम्भीर ध्यान आकर्षण गर्दछु ।’ उनले दिवंगत सुजिता भण्डारी प्रति श्रद्धासुमन व्यक्तगर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना पनि प्रकट गरेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>