चितवन विशेष

चितवनको रत्ननगरमा बालमैत्री वडा निर्माणका लागि अन्तक्रिया

Banner

रत्ननगर, असार २१ –

पूर्वी चितवनको रत्ननगर नगरपालिकालाई बालमैत्री नगर निर्माण गर्ने उद्धेश्यका आज वडास्तरिय अन्तरक्रिया भएको छ । नगरपालिकाको सहयोग तथा रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा रत्ननगर २ मा कार्यक्रम भएको हो ।

नगरपालिकामा बाल संरक्षण तथा बालश्रम न्यूनीकरण सम्बन्धि कार्यक्रम संचालन भइरहेको छ । सोही कार्यक्रम अन्तर्गत आज सरोकारवालाहरुसंग वडालाई बालमैत्री बनाउने सम्बन्धमा कार्यक्रम गरिएको हो । संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षता तथा रत्ननगर नगरपालिकाका उपप्रमुख बिमला दुवाडीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका शिक्षा शाखा प्रमुख बद्रि नारायण शर्मा र महिला तथा बालबालिका शाखा प्रमुख दिपा घिमिरेले बाल अधिकार तथा बालमैत्री वडा घोषणाका लागि पुरा गर्नुपर्ने प्रक्रियाहरुबारे सहजीकरण गरे । वडा नं. २ का वडा अध्यक्ष तिलकराज शर्माले वडालाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गर्नका निमित्त आफु र आफ्नो सम्पुर्ण वडाबासीहरु प्रतिवद्ध रहेको बताए । नगर उपप्रमुख बिमला दुवाडीले रत्ननगर नगरपालिका एक बर्ष भित्रै बालमैत्री तथा बालश्रम मुक्त घोषणा गर्न नगरपालिकाले प्रतिबद्धता जनाएकी थिइन् ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा रत्ननगर १० का वडा अध्यक्ष केशव आचार्य, नगरस्तरिय बालसंरक्षण समितिका संयोजक राजेन्द्र हमाल, वडाका जनप्रतिनिधि, संघका कार्यसमिति सदस्य तथा बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमका सदस्य सुरेन्द्र दुवाडी, बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमका सदस्य हरी प्रसाद अधिकारी तथा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>