कालिका

चितवन सिद्धिका ३० घर बाढीपीडितलाई राहत सामग्री सहयोग

Banner

चितवन, असार २१-

कालिका नगरपालिका–१० र ११ सिद्धिका चेपाङ समुदायलाई आज राहत सामग्री सहयोग भएको छ ।

नारायणगढ रोटरी क्लबले आज राहत सामग्री सहयोग गरेको हो । असार १७ गते परेको अविरल वर्षाको कारण आएको बाढीले चितवनको कालिका नगरपालिकाको वडा नं १० र ११ का चेपाङका घरहरू क्षतिग्रस्त छन् । क्लबले यस्तो प्राकृतिक विपत्तीको बेलामा त्यस क्षेत्रका पीडितलाई दैनिक जीवनयापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले केही राहत सामग्रीहरू वितरण गरिएको क्लबका अध्यक्ष अरुणकुमार खनालले बताए ।

गामबेसी संरक्षण केन्द्रका प्रमुख केपी किरण शर्मा, क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, पूर्वअध्यक्षहरू अरुणकुमार पिया, विज्ञानलाल श्रेष्ठ, राजेन्द्र ओली र निवर्तमान अध्यक्ष अनुकूल श्रेष्ठको उपस्थितिमा ३० घर परिवारलाई चामल, तेल, चना, आलु, नुन, भुजा, चिउरा, दालमोठ, सोयाबिन, लत्ताकपडा, भाँडाकुडा, ब्लान्केटलगायत केही स्वास्थ्य सामग्रीहरू सहयोग प्रदान गरिएको क्लबले नारायणी अनलाइनलाई जानकारी दियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>