चितवन विशेष

गामबेसी चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

Banner

चितवन, असार २०-

पूर्वी चितवनको रत्ननगरमा रहेको गामबेसी चेपाङ संरक्षण केन्द्रलाई खाद्यन्न सहयोग भएको छ ।

भरतपुर महानगरपालिका–१२ निवासी आनन्द घिमिरे र निर्मला घिमिरे दम्पतीले आज पूर्वीचितवनको रत्ननगरमा रहेको गामबेसी चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न सहयोग गरेका हुन् ।

चेपाङ बालबालिकालाई आश्रय दिएको चेपाङ संरक्षण केन्द्रमा कोभिडका–१९ कारण भएको लकडाउनले खाद्यान्न समस्या परेको खबर पाएपछि घिमिरे दम्पती सकेको सहयोग गरेको बताए ।

२५ केजीका दरले पाँच बोरा चामल, एक बोरा दाल, एक कार्टुन तेल र नुन लगायतका खाद्यान्न सामग्री वितरण गरिएको चेपाङ केन्द्रका संरक्षक केपी किरण शर्माले जानकारी दिए । १६५ जना बालबालिका रहेको यस केन्द्रमा अहिले अनलाइन मार्फत् पढ्ने २० जना विद्यार्थीहरु मात्र छन् उनीहरुका लागि खाद्यान्न सहयोग गरिएको हो ।

वैशाख १६ गतेदेखि भएको लकडाउन यता शर्माले सहजीकरण गरी दाताहरुको सहयोगमा चितवनका विभिन्न भेगमा बसोबास गर्दै आएका अती विपन्न चेपाङ परिवारलाई १८ हजार बोरा चामल वितरण गरिएको छ । चेपाङ संरक्षण केन्द्रमा आएका खाद्यान्न सामग्रीहरु पनि समुदायमा वितरण गर्ने गरिएको शर्माले जानकारी दिए । खाद्यन्न सामग्री हस्तान्तरणको सहजीकरण वातावरण पत्रकार कोमलचन्द्र भगतले गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>