Breaking News

पृथ्वी राजमार्ग भासियो, काठमाडौँ भित्रिने मुख्य राजमार्ग नै भासिदा सबैलाई सास्ती

Banner

मुग्लिन, २० असार
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ ।

लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ । काठमाडौँ भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम भएको छ ।

केही महीनाअघि मात्रै कालोपत्र थपिएको सो सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो ।

यता नारायणगढ मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाँदा यात्रुहरुले थप सास्ती खेप्नु परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>