Breaking News

नेपालमा थप २३२८ जना कोरोना संक्रमित, १९ जनाको मृत्यु

Banner

काठमाडौं, असार १९-

पछिल्लो २४ घण्टामा २ हजार ३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १३३ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १ हजार ५२७ जनामा र एन्टिजेन विधिबाट ८ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोन संक्रमणबाट ३ हजार ६६ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट मुक्त हुने कुल संख्या ६ लाख ६हजार ६६६ जना रहेको छ ।
आज कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १९८ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>