Breaking News

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरोले अलपत्र दुलाहाहरु…

Banner

चितवन, असार १८–

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आज (शुक्रबार) विहानैदेखि अवरुद्ध छ । चार किलो, पाँच किला, जलबिरेलगायतका स्थानमा लगातार पहिरो खसेपछि विहान ५ बजेदेखि बाटो अवरुद्ध छ ।

जसका कारण सडकमा सयौं सवारी साधन रोकिएर अलपत्र परेका छन् । अलपत्र पर्नेमा जन्ती हिडेका दुलाहाहरु समेत परेका छन् । पहिरोकै कारण एकै ठाउँमा ६ जना दुलाहाहरुको जमघट भएको छ । विभिन्न ठाउँमा जन्त हिडेका दुलाहाहरु बाटोमै अलपत्र परेका हुन् । आज बाटो खुल्ने छाँटकाट नदेखिएपछि ६ जना दुलाहाहरुले सडकमै सामूहिक फोटो खिचाएका छन् । अहिले यो फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

यसरी अलपत्र परेका ६ जना दुलाहाको सामूहिक तस्वीर  भाइरल बनेको छ, जुन तस्वीर गोरखाका सिरानचोक गाउँपालिका–५ का ज्ञानेन्द्रराज पोखरेलले खिचेका हुन् । उनी आफ्नो भतिजो आशिष पोखरेलको बिहेमा गाउँबाट बिहान ७ बजे नै चितवन हिँडेका थिए ।

तर मुग्लिनबाट करिब ५/७ किलोमिटर नारायणगढतर्फ आएपछि जाममा परे । चितवनको चनौलीमा दुलही लिन १२ जना जन्तीसहित आएका पोखरेल बिहान ९ बजे नै मुग्लिन आएको थियो । निकैबेर जाममा बस्दा दुलही लिन हिँडेका बेहुलाहरुको भेटघाट भयो । केही गाडीबाट झरेर एक आपसमा गफिन थाले ।

त्यहीँ बेलामा ज्ञानेन्द्रले यादगार क्षण हुन्छ भनेर सामूहिक तस्वीर खिच्ने प्रस्ताव गरे । ज्ञानेन्द्रका अनुसार जाममा परेका १२र१५ जना दुलाहा थिए । कोही गाडीमै बसेका थिए भने कतिपयले फोटो खिच्न मानेनन् । ६ जना तयार भए, ज्ञानेन्द्रले क्लिक फोटो खिँचे । पहिरोको कारण अवरुद्ध सडक आज नखुल्ने चितवन प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>