देश/प्रदेश

गोर्खा फाउन्डेशन नेपालले मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर सहयोग

Banner

झापा असार ,१८

गोर्खा फाउन्डेशन नेपालले आज मेचीनगर नगरपालिकालाई ३० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । गोर्खा फाउण्डेशन युके र नेपालको संयुक्त सहयोगमा रु छ लाख बराबरको असिक्जन सिलिण्डरसहित स्वास्थ्य सुरक्षणका सामग्री हस्तान्तरण गरिएको हो ।

फाउन्डेशनका अध्यक्ष नगेन्द्र गुरुङले मेचीनगरका प्रमुख विमल आचार्यलाई सो सामग्री हस्तान्तरण गर्नुभएको छ । मेचीनगरमा विभिन्न दातृ निकायले दिएको र नगर आफैँले खरीद गरेको असिक्जन सिलिण्डरको सङ्ख्या ९० बढी भएको नगरप्रमुख आचार्यले बताउनुभयो । उहाँले नगरभित्र रहेका अस्पताल र स्वास्थ्य चौकीलाई आवश्यकताअनुसार आज प्राप्त भएका अक्सिजन सिलिण्डर वितरण गरिने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>