चितवन विशेष

माडीको बघौडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

Banner

चितवन, असार १७-

नारायणगढ रोटरी क्लबले माडी नगरपालिकाको बघौंडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

क्लबले अत्यावश्यक पाँच थान अक्सिजन कन्सन्ट्रेटर मेशिन, ईसीजी मेशिनलगायत ह्विल चेयर र दुई थान स्वचालित हातधुने सेनिटाइजर मेशिन, एक थान अटोमेटिक लिक्विड सोप डिस्पेन्सर सहयोग प्रदान गरेको हो ।

माडी नगरपालिकाकी उपमेयर ताराकाजी महतो एवम् अस्पतालका चिकित्सक रञ्जु सिंहलाई संयुक्तरूपमा नारायणगढ रोटरी क्लबकाअध्यक्ष अरुणकुमार खनालले सो सामग्री हस्तान्तरण गरेका हुन् ।

उक्त स्वास्थ्य उपकरणमध्ये नर्दन आयरल्याण्डका रोटरी क्लबहरू आरसी लन्डन डेरी, आरसीली माभाजी र आरसीकोलेरेनको संयुक्त सहयोगमा पाँच थान अक्सिजन कन्सन्ट्रेटर मेशिन उपलब्ध गराइएको छ ।

त्यसैगरी एकथान ईसीजी मेशिन बेलायत निवासी सुजन श्रेष्ठ तथा रफी श्रेष्ठले सहयोग प्रदान गरेको र दुई थानह्विल चेयर रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तगर्त जोन २ का एसिस्टेन्ट गभर्नर भरतकुमार श्रेष्ठ तथा रोटरियन रसु श्रेष्ठबाट सहयोग प्राप्त भएको सेवा परियोजना निर्देशक इन्जिनियर गुणेश्वर महतोले बताए । संस्थापक अध्यक्ष निरञ्जन प्रधान, पूर्वअध्यक्षहरू नारायण प्रधान, सुमनकुमार श्रेष्ठ, रमेश श्रेष्ठ, सुसनलालप्रधान, निवर्तमान अध्यक्ष अनुकूल श्रेष्ठ र रोटरी फाउण्डेसन चेयर बसन्तबहादुर पाण्डेको उपस्थितिमा कोरोना रोकथाममा सहयोग पुग्ने उद्देश्यले सर्जिकल मास्क ६००थान, फेस सिल्ड ३० थानर ह्यान्डग्लोब्स ३००थानसमेत सो अस्पताललाई सहयोग गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>