Breaking News
चितवन प्रशासनले भन्यो: बाढीको जोखिम थप बढ्यो, सजग भएर सुरक्षित स्थानमा बसौं
०

चितवन, असार १७-
जिल्ला प्रशासन कार्यालय चितवनले नदी किनारमा बसोबास गर्ने नागरिकलाई थप सर्तक रहन अनुरोध गरेको छ ।
प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै चितवनको नारायणी, राप्ती, रिउलगायतका नदी तथा खोलामा बाढीको जोखिम थप बढ्दै गएकोले आवश्यक सतर्कता अपनाइ सुरक्षित स्थानमा बस्न अनुरोध गरेको हो ।
प्रशासनले नदीमा माछा मार्न, दाउरा खोज्न र पौडी खेल्न नजान विशेष निर्देशन दिएको छ । सूचनामा भनिएको छ, ‘ चितवनको विभिन्न नदीहरुमा जलसतह बढेर बाढीपहिरो र डुबानसहित कटान भइरहेको छ । मौसम पूर्वाअनुमान महाशाखाले अझ केही दिन निरन्तर पानी पर्ने अनुमान गरेकोले थप सतर्क रही सुरक्षित स्थानमा बस्नको लागि अनुरोध छ ।’ प्रशासनले कुनै पनि घटना घटेमा प्रहरीलाई वा जिल्ला आपतकालिन सञ्चालन केन्द्रमा सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























