Breaking News
चितवनमा कोरोना संक्रमणबाट थप तीनको मृत्यु, ३५ डिस्चार्ज, आईसीयूमा ८२ को उपचार हुँदै
०

चितवन, असार १७-
चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार मृतक तीनजना मध्ये एक जना चितवन जिल्लाका हुन् भने अन्य दुई जना चितवन बाहिरका हुन् । मृतकमध्ये भरतपुर अस्पतालमा एक जना, चितवन मेडिकल कलेजमा १ जना र पुरानो मेडिकल कलेजमा १ जनाको मृत्यु भएको हो ।
विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ३५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । त्यस्तै, चितवनका विभिन्न अस्पतालमा २०६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ८२ जना, भेन्टिलेटरमा १३ जना, एचडीयूमा ३२ जना र सामान्य बेडमा ९२ जनाले उपचार गराइरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























