Breaking News
चितवनमा आज थप ८५ कोरोना संक्रमित थपिए, ११०२ संक्रमित घरमै आइसोलेसनमा
०

चितवन, असार १७-
चितवनमा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ५३ जना, खैरहनीमा ४ जना, माडी नगरपालिकामा १२ जना, रत्ननगरमा १० जना, राप्तीमा ३ जना, कालिकामा २ जना र इच्छाकामनामा १ जना संक्रमित थपिएका छन् ।
यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार २३० जना पुगेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा ९७ जना, घरमा आइसोलेसनमा एक हजार १०२ जना र सार्वजनिक आइसोलेसनमा ३१ जना रहेका छन् । चितवनमा आज एक जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८३ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























