कालिका

पत्रकार महासंघ चितवनले गर्‍यो पत्रकारको सात लाखको दुर्घटना बिमा

Banner

चितवन, असार १७–

नेपाल पत्रकार महासंघ चितवन शाखाले आफ्ना सदस्यहरुको दुर्घटना बिमा गरेको छ । महासंघका दुई सय ६७ जना पत्रकारको एक जना बराबर रु ७ लाखको दुर्घटना बिमा गरेको हो ।

नेपाल पत्रकार महासंघ चितवन शाखामा सदस्य भएर नेपालमा रहेका सबैको बिमा गरिएको महासंघले जनाएको छ । कालिका नगरपालिकाको आर्थिक सहयोगमा युनाइटेड इन्सुरेन्सबाट बिमा गरिएको हो । बिमाको प्रिमियम बापत रु १ लाख ४० हजार १ सय ९५ नगरपालिकाले भुक्तान गरेको हो । बिमा भएका पत्रकारको मृत्यु भएमा रु ७ लाख, घाइते भएमा बढिमा रु ७० हजार सम्मको उपचार खर्च र अंगभंग भएमा अबस्था अनुसार रकम भूक्तानी गरिने छ ।

महासंघका अध्यक्ष नारायण अधिकारीले पत्रकारहरुको जोखिमलाई मध्यनजर गर्दै बिमा गरिएको बताउनुभयो । कालिका नगरपालिका र युनाइटेड इन्सुरेन्सको सहकार्यमा बिमा गरिएको उहाँको भनाई छ । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले गत वर्षबाट थालिएको बिमालाई निरन्तरता दिइएको बताए । गतवर्ष पत्रकारहरुको रु ३ लाख बराबरको कालिका नगरपालिकाले बिमा गरेको थियो ।

आगामी दिनमा पनि बिमालाई निरन्तरता दिने उनले बताए । सरकारले पत्रकारहरुको रु ७ लाखको दुर्घटना बिमाको ५० प्रतिशत प्रिमियम भूक्तानी गर्ने जनाएको भए पनि कार्यबिधि बनिसकेको छैन । शाखाले यो बिमामा पत्रकारहरुलाई प्रिमियम निःशुल्क गरेर बिमा गरेको हो । जिल्लाका सबै पत्रकारको सात लाखको बिमा गर्ने चितवन शाखा पहिलो हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>