Breaking News
चितवनमा केपी ओली नेतृत्वको सरकारविरुद्ध ठाउँ–ठाउँमा प्रदर्शन

चितवन, असार १६ –
चितवनमा विपक्षी दलका विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेका छन् । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस चोक, विशाल चोकलगायतका स्थानमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
नेविसंघका नेता परमेश्वर खनाल नेतृत्वको टोलीले भरतपुरको विशाल चोकमा प्रदर्शन गरेको छ । उनीहरुले युटेक कलेज परिसरबाट राँके जुलुस निकालेका थिए । विशाल चोकमा पुगेर उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । केहीबेरमै आइपुगेको प्रहरी टोलीले आगो निभाएका थिए ।
सरकारले संविधान विपरीत काम गर्दै अघि बढेको, विद्यार्थीहरुबाट कलेज र विश्वविद्यायले अनावश्यक शुल्क असुलेकोलगायतका कारण राँके जुलुससहित प्रदर्शन गरिएको विद्यार्ली नेता राजेश भुषालले जानकारी दिए ।
यसअघि संयुक्त विद्यार्थी संगठनले वीरेन्द्र क्याम्पस चोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको छ ।
























