चितवन विशेष

विधान संशोधन गर्दै आर्दश नारीको भर्चुअल वार्षिक साधारणसभा सकियो

Banner

चितवन, असार १६-

संस्थाको विधान संशोधन गर्दै आर्दश नारी विकास केन्द्रको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

भर्चुअलरुपमा गरिएको साधारणसभाले संस्थाको नीति, नियमावली, निर्देशिका र आचरसंहिता निर्माण तथा परिमार्जन गर्ने अख्तियारी समेत कार्यसमितिलाई दिएको हो ।

साधारणसभाले वार्षिक र आर्थिक प्रतिवेदन पास गर्दै २०७७\०७८ को वार्षिक कार्ययोजना पारित गरेको छ । आगामी वर्षका लागि संस्थाले ३५ लाख ३२ हजार ३५८ रुपैयाँको अनुमानित बजेट पेस गरेको छ । आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्र्र्दै अध्यक्ष मीना खरेलले आर्दश नारीलाई चितवनमा केन्द्रीय कार्यालय रहने गरी राष्ट्रिय संस्थाको रुपमा विकास गरिने बताइन् । उनले प्रदेश समिति गठनको तयारी भइरहेको जानकारी दिँदै यसकार्यमा सबै आर्दशका अभियन्ता लाग्न आव्हन गरिन् ।

यस्तै गरी संस्थाले आर्दश फाउण्डेसनको स्थापना गर्दै पुस्ता हस्तान्तरणका लागि आर्दश युवा समिति गठन गर्ने भएको छ । अमूल्य जीवनका लागि आदर्शको साथ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै लैगिंक तथा घरेलु हिंसा प्रभावितलाई लक्षित गरि मनोसामाजिक परामर्श हेल्प डेक्स निर्माण गरिने भएको छ । यसैगरी आदर्श आवाज नामक बुलेटिन प्रकाशन, वेवसाइट व्यवस्थापनमा जोड दिइएको छ । संस्थाले नियमित कार्यक्रममा निरन्तरता दिदैं दिवसीय कार्यक्रमलाई थप प्रभावकारीरुपमा मनाउने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>