चितवन विशेष

रत्ननगरका ज्येष्ठ नागरिकलाई भोलिबाट घरमै स्वास्थ्य परीक्षण

Banner

चितवन, असार १६-

चितवनको रत्ननगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

भोलि विहीबारदेखि ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

नगर भित्र ८० वर्ष माथिका करिब एक हजार जना ज्येष्ठ नागरिक रहेका छन् । १६ वटा वडा रहेको सो नगरपालिकाले एउटा वडामा एकजना स्वास्थ्यकर्मी परिचालन गरेको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए ।

कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूरा गरी स्वास्थ्य परीक्षण गरिने पौडेलले बताए । स्वास्थ्यकर्मी घरमै पुगेर ज्येष्ठ नागरिकको सुगर प्रेसर परीक्षण गर्ने र आवश्यकता अनुसार स्वास्थ्य परामर्श गर्ने उनले जानकारी दिए ।

नगरपालिकामा आयोजित कार्यक्रममा मेयर नारायण वनले स्वास्थ्यकर्मीलाई सुगर परीक्षण गर्ने गुल्कोमिटर, प्रेसर परीक्षण गर्ने मेसिन हस्तान्तरण गरेर जिम्मेवार भएर काममा लाग्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । ‘ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन्’ उनले भने, ‘उनीहरुको रेखदेख र स्वास्थ्य परीक्षण गर्नु हाम्रो दायित्व हो ।’ देखाउनका लागि आफूले यो काम नगरेको भन्दै उनले परिणाम निस्कने गरी काम हुने बताए । रत्ननगरले ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण गर्ने कामको सुरुवात तीन वर्ष अघि सुरु गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>