चितवन विशेष

राप्तीको चेपाङबस्तीमा खाद्यान्न सहयोग

Banner

चितवन, असार १६-

अनिकालमा परेका राप्ती नगरपालिका–१३ का चेपाङ परिवारलाई खाद्यान्न सहयोग जुटेको छ ।

नेपाल हेल्पले ३१८ घरधुरीलाई चामल, दाल, तेल, सोयाबिन, नुन सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष श्यामकृष्ण भेटवालले निभेको चुल्हो बाल्न पाएकोमा खुसी लागेको बताए । ‘कम्तिमा एक महिनालाई मिठोमसिनो खाद्यान्न उपलब्ध गराएका छौँ’, उनले भने, ‘अनिकालमा परेका बस्तीमा सक्दो सहयोग गरौँ ।’ पोल्किम, स्यामराङ, सान्थली, सार्लिङ, दाङतेसलगायतका परिवार लाभान्वित बनेका छन् । संस्थाका कार्यक्रम संयोजक कृष्ण ढकालले आगामी दिनमा चेपाङ बस्तीमा दीर्घकालिन महत्वका योजनाहरु दाताको सहयोगमा चलाइने बताए ।

चेपाङ अभिान्ता केपीकिरण शर्माले फागुनदेखि साउनसम्म बर्सेनि अनिकालमा समस्यामा चेपाङ समुदाय पर्ने गरेको बताए । ‘यसपाली लकडाउनले गर्दा काममा समेत जान पाएनन्’, उनले भने, ‘कन्दमुल पनि सकिन लागे, मिठोमसिनो खानाका लागि दाताकै भरपर्नुपर्ने बाध्यता छ ।’ यस्तै, राप्ती–१२ वाक्राङका ७४ चेपाङ घुरधुरीलाई लाफा रुङग फाउण्डेसनले खाद्यान्न सहयोग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>