Breaking News

नेपालमा फेरि बढ्न थाले कोरोना संक्रमित २४ घण्टामा थप २८९२ जनामा कोरोना संक्रमण,४१ संक्रमितको मृत्यु

Banner

काठमाडौँ, असार १६ –

पछिल्लो समयमा  देशभर कोरोना संक्रमित फेरि बढ्न थालेको तथ्यांकले देखाएको छ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १८७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८८९ जना र ४ हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३ जना गरी कुल २८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोन संक्रमणबाट ३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट मुक्त हुने कुल संख्या ५ लाख ९६ हजार १३२ जना रहेको छ ।

आज कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ११२जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>