Breaking News

भोलिदेखि भरतपुर–काठमाडौँ उडान सुरु हुँदै, यस्तो छ तालिका

Banner

चितवन, असार १६–

भोलि (बिहीबार)देखि भरतपुर–काठमाडौँ उडान हुने भएको छ । सरकारले आन्तरिक उडान संचालन गर्न दिने निर्णयसंगै चितवनमा पनि उडान हुन लागेको हो । चितवनमा बुद्ध एयरले मात्रै उडान भर्ने भएको छ ।

केही समयका लागि दिनमा ३ पटक मात्रै उडान हुने बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिए । उनले स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण पालना गर्दै सुरक्षित उडान भर्ने तयारी भइरहेको बताए । उनले भोलि हुने उडानको सबै टिकट बुकिङ भइसकेको जानकारी दिए ।

कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेपछि आन्तरिक तथा बाह्य उडान बन्द गर्ने निर्णय गरेको थियो । अहिले कोभिड संक्रमितको संख्यामा केही कमी आएसंगै सरकारले हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो । निषेधाज्ञा पश्चात भरतपुरमा केही समयका लागि बुद्ध एयरको मात्रै उडान हुने भएको छ ।

यति एयरलाइन्सले केही समय पछि मात्रै उडान भर्ने गरि तयारी गरिरहेको यति एयरलाइनस भरतपुरका प्रमुख अनुप ढकालले जानकारी दिए । पुराना साना जहाजलाई विस्थापित गर्दै नयाँ जहाज ल्याउने तयारी भइरहेकाले केही सयम उडान बन्द हुने ढकालले बताए । भरतपुरमा बुद्ध र यति गरी दैनिक १० वटा उडान हुँदै आइरहेको थियो ।

निषेधाज्ञा पछिको बुद्ध एयरको भरतपुर–काठमाडौँ उडान तालिका

भरतपुरबाट                                      काठमाडौँबाट
१, ११ः३०                                              १०ः४५
२, ०१ः४०                                             १२ः५०
३, ३ः५० ‌ ‌‌                                            ०२ः५०

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>